मनिपाल आन्दोलन अन्त्य, कर्मचारीका माग सम्बोधन गर्न प्रशासन तयार
फाइल तस्वीर

ऐनले दिएको सुविधा नदिएको भन्दै २६ दिनदेखि मनिपाल शिक्षण अस्पताल​मा कर्मचारीले गरेको आन्दोलन अन्त्य गरिएको छ । 

सुत्केरी र किरिया बिदा सहित उपदानको माग गर्दै उनीहरू आन्दोलित भएका छन् । लामो समयको आन्दोलनपछि मनिपाल शिक्षण अस्पताल प्रशासनले कर्मचारीको माग सम्बोधन गर्न राजी भएको छ । 

ऐन अनुसार नै सुत्केरी र किरिया बिदा दिन अस्पताल तयार भएको हो । यस्तै, उपदान पनि साबिकका ऐन अनुसार उपलब्ध गराउने सहमति भएको छ ।

‘२०७४ अघिका कर्मचारीको हकमा पुरानै ऐनअनुसारको उपदान दिने सहमति भएको छ । नयाँ कर्मचारीलाई २०७४ को ऐनले तोकेको सुविधा दिइनेछ,’ कर्मचारी अमृत पौडेलले भने, ‘अस्पताल प्रशासनले माग पूरा गर्ने सहमति गर्‍यो । हाम्रो आन्दोलन अहिलेका लागि अन्त्य भएको छ ।’ 

तर अस्पतालले यसअघि पनि सम्झौता गर्ने र कार्यान्वयन नगर्ने समस्या छ । समस्या दोहोरिए पुनः संघर्ष गरिने पौडेलले बताए ।

कर्मचारीको आन्दोलनका कारण अस्पतालमा सेवा लिन आउने बिरामी समेत मर्कामा थिए । आजदेखि अस्पतालका ओपिडीसहित सबै सेवा सुचारु भएको अस्पताल प्रशासनले जनाएको छ ।





  • प्रकाशित मिति : असार १९, २०७९ आइतबार २०:१४:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया