logo-img

लडेर घाइते भएकाहरुको हेलिकोप्टरमार्फत उद्धार

बझाङको साइपाल गाउँपालिकामा भिरबाट लडेर घाइते भएका २ जनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । घाइते हुनेमा साइपाल गाउँपालिका – ४ धुली घर भएका ३६ वर्षीय शिबु रोकाया रहेका छन् ।

घाइते रोकाया यार्सा संकलन गरी घर फर्कने क्रममा चाल्नावनको भिरबाट करिब ७० मिटर तल खसेर घाइते भएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी ज्ञान बहादुर विष्टले बताए ।

घाइते रोकायाको स्थानीयले उद्धार गरी धुली आधारभूत स्वास्थ्य चौकीमा ल्याएका थिए । उनको टाउको, निधार, घाँटी र अनुहारमा गहिरो चोट भएकाले थप उपचारको लागि हेलिकोप्टरमार्फत उद्धार गरी नेपालगन्ज पठाएको साइपाल गाउँपालिका अध्यक्ष मानबहादुर बोहराले बताए ।

स्थानियका अनुसार घाइते रोकाया केही महिनादेखि साइपाल गाउँपालिकामा पर्ने यार्सा संकलन क्षेत्र चाल्ना वनमा यार्सागुम्वा संकलनका लागि गएका थिए । शनिबार साँझ घर फर्कने क्रममा भिरबाट चिप्लिएर लड्दा उनी घाइते भएका थिए ।
 
यस्तै, साइपाल गाउँपालिका–३ काँडाका ३३ वर्षीय पूर्णबहादुर बोहरा पनि ढोगदिना भन्ने जंगलमा दाउरा काट्ने क्रममा लडेर घाइते भएका थिए । बोहरालाई पनि थप उपचारका लागि हेलिकोप्टरमार्फत नेपालगन्ज पठाइएको साइपाल गाउँपलिकाका अध्यक्ष बोहराले बताए ।





  • प्रकाशित मिति : असार २०, २०७९ साेमबार १८:४७:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया