अविरल वर्षाले ढोल्यामोड–हाट सडकखण्ड हिलाम्मे, सवारी सञ्चालनमा सास्ती

अविरल वर्षाका कारण बैतडीको ढोल्यामोड–हाट सडकखण्ड हिलाम्मे भएको छ । पुर्चौंडी नगरपालिकाको केन्द्र जोड्ने सडक हिलाम्मे हुँदा यातायातका सवारी साधन सञ्चालनमा कठिनाइ भएको छ । 

ढोल्यामोडदेखि हाटसम्मको सडकको ठाउँठाउँमा पहिरो खस्दा सवारी साधन सञ्चालनमा मुस्किल भएको यातायात व्यवसायीले बताएका छन् । कच्ची सडक भएकाले सडक हिलाम्मे हुँदा जिप तथा बस सञ्चालनमा समस्या भएको स्थानीय पुरनसिंह ऐरले बताए । 

उनले भने ‘सडक हिलाम्मे हुँदा जोखिमपूर्ण यात्रा गर्नु परिरहेको छ । यसले दुर्घटनाको जोखिमसमेत बढ्दै गएको छ ।’

ढोल्यामोडदेखि हाटसम्मको सडकमा यात्रा गर्न निकै सकस रहेको स्थानीय लालबहादुर भण्डारीले बताए । सडक हिलाम्मे हुँदा गाडी फस्दा यात्रुहरूले धकेलेर निकाल्नुपर्ने अवस्था रहेको उनले बताए । 

ढोल्यामोड–हाट सडक पुर्चौंडी नगरपालिका जोड्ने मुख्य सडक समयमै स्तरोन्नती नहुँदा यात्रुहरुले सास्ती भोग्दै आएका छन् । 

जिल्लाको सतबाँझ–श्रीभावर–हाट सडकलाई प्रदेश गौरवको आयोजनाको रुपमा राखिएको भए पनि स्तरोन्नतिका काम सुस्त गतिमा रहेको छ । सो सडकको दुई ठाउँबाट स्तरोन्नति भइरहेको छ ।





  • प्रकाशित मिति : असार २१, २०७९ मंगलबार १९:३:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया