बूढीगंगाको मतदानमा पुनः झडप, वडाध्यक्ष उम्मेदवारको टाउको फुट्यो

बाजुराको बूढीगंगा नगरपालिकामा आज जारी मतदानमा फेरि विवाद उत्पन्न भएको छ । बूढीगंगाको त्रिशक्ति मावि मतदानस्थलमा झडप भएको हो । फर्जी मत खसाएको विषयमा विवाद भएपछि दलका कार्यकर्ताबीच झडप भएको प्रहरीले जनाएको छ ।

झडप एकीकृत समाजवादीका वडाध्यक्षका उम्मेदवार भरतबहादुर थापा र मतदाता सीता थापाको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ । झडपलाई साम्य पार्न प्रहरीले हवाई फायर र अश्रु ग्यास प्रहार गरेको छ । अहिले मतदानस्थल सुरक्षाकर्मीले नियन्त्रणमा लिएको छ । मतदान पुनः सुरु गर्न प्रयास भइरहेको प्रहरीको भनाइ छ । 

यसअघि ३० वैशाखमा भएको निर्वाचनमा विवाद भएर मतदान रद्द भएको थियो । यहाँ नगर प्रमुख पदमा नेपाली कांग्रेसका रंग खाती र एमालेका रामबहादुर बानियाँ उम्मेदवार रहेका छन् ।





  • प्रकाशित मिति : असार २३, २०७९ बिहीबार १३:४३:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया