स्रोत नखुलेको १० लाखसहित दुई भारतीय नागरिक पक्राउ

रौतहटमा स्रोत नखुलेको १० लाख नेपाली रुपैयाँसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् । जिल्लाको दक्षिणी भेग इशनाथ नगरपालिका–६ रामनगरबाट स्रोत नखुलेको १० लाख रुपैयाँसहित एकजना पक्राउ परेका हुन् । 

अवैध रकमसहित पक्राउ पर्नेमा भारतको मुम्बई महाराष्ट्रमा बस्ने मोहम्मद साहिद रहेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी ध्रुव कार्कीले जानकारी दिए ।

सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट रामपुर खापका प्रमुख इन्स्पेक्टर कृष्णनन्दन यादव नेतृत्वको टोलीले बिहीबार साँझ रामनगरबाट जयनगर जाँदै गरेको बीआर ०५ यु ५१६५ नम्बरको मोटरसाइकललाई शंका लागेर जाँच गर्दा शाहिदको साथबाट नेपाली रुपैयाँ बरामद गरिएको एसपी कार्कीले जानकारी दिए । 

पक्राउ परेका मोहम्मद शाहिदविरुद्ध बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरुद्धको कसूरमा अनुसन्धान अगाडि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ । 





  • प्रकाशित मिति : असार २४, २०७९ शुक्रबार १०:५:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया