logo-img

भारतसँगका आर्थिक सन्धि–सम्झौतामा पुनारावलोकन आवश्यक : पूर्वअर्थमन्त्री खतिवडा

पूर्वअर्थमन्त्री डा.युवराज खतिवडाले उच्च आर्थिक वृद्धि गर्ने लक्ष्य राख्ने, तर निर्यात हुने वस्तुहरुको कच्चा पदार्थ र प्रविधिलाई आयात गरेर निर्यातको आधार बनाउन नसके सरकारले उच्च व्यापार घाटा व्यर्होर्नुपर्ने बताएका छन् । 

सोमबार अनेरास्ववियु केन्द्रीय कमिटीले आयोजना गरेको ‘नेपालको अर्थतन्त्रको अवस्था, अन्तर्राष्ट्रिय प्रभाव र यसको समाधान’ विषयक अन्तरक्रिया कार्यक्रमा बोल्दै पूर्वअर्थमन्त्री खतिवडाले यस्तो बताएका हुन् । 

नेपालमा उत्पादनको लागि वस्तु आयात गर्ने, तर निर्यात नगर्ने अवस्था नभएकाले उच्च व्यापार घाटा बढ्दै गएको बताउँदै डा. खतिवडाले सेवा, रेमिट्यान्स, उच्च कर्जा प्रवाह, प्रत्यक्ष विदेशी लगानीलाई व्यवस्थित गर्न नसके व्यापार घाटा र विदेशी मुद्रा सञ्चिति घट्दै जाने बताए । 



अर्थतन्त्रमा संरचनागत समस्या रहेको भन्दै उनले समाधान गर्न समय लाग्ने बताए । डा. खतिवडाले अर्थतन्त्रका सूचकहरु चुनौतीपूर्ण रहेको अवस्थामा अब आउने अर्थमन्त्रीले पनि उच्च आर्थिक वृद्धिदर गर्ने लक्ष्य राख्न खोज्यो भने व्यापार घाटाको समस्या कामय रहने बताए । नेपालको अर्थतन्त्रका सूचक भारतसँग तुलना गरेर हेर्नुपर्ने उनको भनाइ छ । 

भारतसँग खुल्ला आर्थिक कारोबार भएकाले भारतसँग नेपालका आर्थिक सम्बन्ध जटिल बन्दै गएको डा. खतिवडाले बताए । उनले विगतमा भारतसँग भएका आर्थिक सन्धि सम्झौतामा पुनारावलोकन गर्नुपर्ने आवश्यकता औँल्याए । 

अर्थतन्त्रमा समस्या भए पनि दक्षिण एसियामा तुलनात्मक रुपमा नेपालको अर्थतन्त्रका सूचकहरु सकारात्मक रहेको डा. खतिवडाले दाबी गरे । 
 





  • प्रकाशित मिति : असार २७, २०७९ साेमबार १९:४:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया