राष्ट्रिय वाणिज्य बैंकका सुरक्षा गार्डको बन्दुक खोस्ने प्रयास

राष्ट्रिय वाणिज्य बैंक बाजुराको कोल्टी शाखाका सुरक्षा गार्डको बन्दुक खोस्ने प्रयास भएको छ। सेवाग्राही र सुरक्षा गार्डबीच विवाद हुँदा उक्त अवस्था सिर्जना भएको बताइएको छ । 

बिहीबार राष्ट्रिय वाणिज्य बैंक बाजुराको कोल्टी शाखामा एक जना सेवाग्राही र बैंकका सुरक्षा गार्डबीच हात हालाहालको अवस्था सिर्जना भएको थियो । एक जना सेवाग्राहीले लाइनमा बस्न नमानेपछि सुरक्षा गार्डले सम्झाउन खोज्दा सुरक्षा गार्डको बन्दुक खोस्ने प्रयास भएको राष्ट्रिय वाणिज्य बैंक बाजुराका व्यवस्थापक टिकाराम बुढाले बताए ।

सेवाग्राही र सुरक्षा गार्डबीच भएको हात हालाहालको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।





  • प्रकाशित मिति : असार २९, २०७९ बुधबार १४:५९:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया