मोटरसाइकलको हावा खोल्ने प्रहरी हवल्दारमाथि छानबिन हुने

मालपोत तथा भूमिसुधार कार्यालय राजविराजका सेवाग्राहीको मोटरसाइकलको हावा खोलेको भन्दै प्रहरी हवलदार राजकुमार धामीमाथि प्रहरीले अनुसन्धान थालेको छ । 

मोटरसाइकलको हावा खोलेर सेवाग्राहीलाई दुःख दिएको  देखिएकोले घटनामा संलग्न प्रहरी हवलदारमाथि छानबिन सुरु गरिएको र अनुसन्धान टोली खटाएर स्पष्टीकरण सोधेको सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अभिनारायण काफ्लेले जानकारी दिए । 

उनका अनुसार अनुसन्धान टोलीको प्रतिवेदन आउनसाथ थप कारबाही अघि बढाइनेछ । तोकिएको पार्किङमै राखेको प्रेस लेखिएको मोटरसाइकलको मात्र हावा खोल्नु दुःखद घटना भएको बताउँदै एसपी काफ्लेले कानुन विपरीत कार्य गर्ने हवलदार धामीलाई कारबाहीको दायरमा ल्याउने बताए । 

नेपाल पत्रकार महासंघ सप्तरीले यसबारे एसपी काफ्लेको ध्यानाकर्षण गराएको थियो ।  





  • प्रकाशित मिति : असार ३०, २०७९ बिहीबार १३:५:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया