उपसभामुखका लागि आज निर्वाचन हुँदै, प्रतिस्पर्धामा पुष्पा र विद्या

प्रतिनिधिसभाको उपसभामुखका लागि आज निर्वाचन हुँदैछ । अपराह्न ३ बजे प्रतिनिधिसभामा हुने चुनावमा कांग्रेसबाट पुष्पा भुसाल र एमालेबाट विद्या भट्राईले उम्मेदवारी दिएका छन् । 

भुसालको प्रस्तावकमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङ र समर्थकमा लक्ष्मीकुमारी चौधरी छन् । यस्तै, भट्टराईको प्रस्तावकमा एमाले संसदीय दलका सचेतक शान्ता चौधरी र समर्थकमा सांसद कृष्णभक्त पोखरेल छन् । 

भुसाल यसअघि उपसभामुखमा पराजित भएकी थिइन् । तत्कालीन सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी डा. शिवमाया तुम्बाहाङ्फे निर्वाचित भएकी थिइन् । अर्की उम्मेदवार भट्टराई भने उपनिर्वाचन २०७६ मा कास्की–२ बाट निर्वाचित भएकी हुन् ।

आज दुवै उम्मेदवारका प्रस्तावकले दाबी प्रस्तुत गर्नेछन् र समर्थकका तर्फबाट पनि वक्तव्य दिनेछन् । छलफल सकिएपछि दर्ता क्रमअनुसार निर्वाचित गरियोस् भन्ने प्रस्तावलाई मत विभाजनसहितको प्रक्रियामा अघि बढाइनेछ ।

पहिलो प्रस्तावको पक्षमा नै बहुमत पुगेमा दोस्रो प्रस्तावलाई निर्णयार्थ पेस गरिने छैन । सत्ता गठबन्धनको साथ रहेका कारण भुसालको प्रस्तावका पक्षमा सहज बहुमतको अवस्था देखिएको छ ।

रिक्त भएको २९ महिनापछि पदपूर्ति हुन लागेको हो । २०७६ माघ ६ गते तत्कालीन उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिएपछि पद रिक्त थियो ।  





  • प्रकाशित मिति : असार ३१, २०७९ शुक्रबार ६:४९:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया