संकट समाधान गर्न सम्भावित सबै कदम चालें : गोटाबाय राजापाक्षे

श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाय  राजापाक्षेले आर्थिक संकटबाट बच्न ‘सम्भावित सबै कदम’ चालेको बताएका छन् । आफूविरुद्धको प्रदर्शन उग्र भएपछि उनी यसै साता माल्दिभ्स हुँदै सिंगापुर भागेका थिए । उनको राजीनामा शुक्रबार संसदले अनुमोदन गरेको छ । 

श्रीलंकाका सभामुखलाई बुझाएको आफ्नो पत्रमा राजापाक्षेले श्रीलंकाको आर्थिक संकटको जड आर्थिक कुप्रबन्धमा भएको बताए । कोभिड–१९ महामारीको कारणले श्रीलंकाको पर्यटक आगमन र विदेशी कामदारबाट आउने रेमिट्यान्समा ठूलो कमी आएको पनि उनले बताएका छन् । 

यसअघि उनले पठाएको पत्रको पूर्ण विवरण सार्वजनिक गरिएको थिएन । ‘यो मेरो व्यक्तिगत विश्वास हो कि मैले यस संकट सम्बोधन गर्न सबै सम्भावित कदम चालेको छु, जसमा सांसदहरूलाई सर्वदलीय सरकार गठन गर्न आमन्त्रित गर्ने लगायतका छन्’ पत्रमा भनिएको छ ।





  • प्रकाशित मिति : असार ३२, २०७९ शनिबार १७:१८:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया