इन्धन आपूर्तिका लागि रूससँग वार्ता गर्दै श्रीलंका
फाइल तस्वीर

ऊर्जा संकट बढिरहेको समय इन्धन खरिदका लागि आफ्नो सरकारले रूससँग छलफल गरिरहेको श्रीलंकाले जनाएको छ ।

मुलुकमा भइरहेको इन्धन अभाव टार्न रूसी सरकार र इन्धन उत्पादक कम्पनीसँग छलफल भइरहेको विद्युत् तथा ऊर्जा मन्त्री कञ्चन विजेसेकेराले शनिबार बताए ।

पत्रकार सम्मेलन बोल्दै विजेसेकेराले आर्थिक संकटले दुई करोड श्रीलंकाली प्रभावित भएका समय इन्धन खरिदका लागि क्रेडिट लाइन दिएकोमा भारत सरकारको प्रशंसा गरे ।  

'हामीले विभिन्न देशहरूमा इन्धनको आपूर्तिका लागि अनुरोध गरेका छौं । हामीलाई मदत गर्न आउने जुनसुकै देश भए पनि हामी त्यसको मूल्यांकन गर्छौं । अहिले, भारत सरकारले मात्र हामीलाई क्रेडिट लाइन प्रदान गरेको छ,' विजेसेकेराले भने ।

'हामी रुस सरकारसँग पनि छलफलमा छौं । सुरुको इन्धनका लागि भएको बैठक रूसमा सम्पन्न भएको छ । हामीले आफ्नो आवश्यकता पूरा गरेका छौं र त्यसैअनुसार काम गरिरहेका छौं । श्रीलंकामा कस्तो प्रकारको सुविधा हुनेछ भन्ने कुरा सुन्न हामी पर्खिरहेका छौं,' उनले थपे ।  

विजेकाराले आज ‘राष्ट्रिय इन्धन पास’ योजना शीर्षकमा इन्धन वितरण योजना ल्याएको छ । नयाँ पासले साप्ताहिक आधारमा इन्धनको कोटा बाँडफाँडको ग्यारेन्टी गर्नेछ । 



सवारी साधन नम्बर र अन्य विवरण पुष्टि भएपछि राष्ट्रिय परिचय पत्र नम्बर अनुसार आवश्यक व्यक्तिलाई ‘क्यूआर कोड’ दिइनेछ ।

दर्ता भएका सवारीसाधन भएका व्यक्तिहरूले आफ्नो दर्ता नम्बरको अन्तिम अंकको आधारमा पालो पाउनेछन् । जारी इन्धन संकटबीच कोलम्बोमा सवारी साधनमा इन्धन भर्न पर्यटक र विदेशीलाई प्राथमिकता दिइनेछ । 



द्वीप राष्ट्र श्रीलंका ठूलो आर्थिक संकटको चपेटामा परेका कारण खाद्यान्न, इन्धन, चिकित्सा आपूर्तिको तीव्र अभाव झेलिरहेको छ ।

  • प्रकाशित मिति : असार ३२, २०७९ शनिबार २०:३३:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया