logo-img

प्रचण्ड र भाजपा अध्यक्ष नड्डाबीच भेटवार्ता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जेपी नड्डासँग भेटवार्ता भएको छ ।

उनीहरूबीच भाजपा मुख्यालयमा भेटवार्ता भएको हो । भेटमा विदेशमन्त्री डा. एस जयशंकर पनि उपस्थित थिए ।

भाजपा अध्यक्ष नड्डाकै औपचारिक निमन्त्रणमा गत शुक्रबारदेखि प्रचण्ड भारत भ्रमणमा छन् । उनी आजै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेर स्वदेश फर्किने कार्यक्रम छ । 



भ्रमणको क्रममा भारतीय विदेश सचिव विनयमोहन क्वात्रा, भारतीय विदेश सचिव एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग भेटवार्ता गरेका थिए  ।  





  • प्रकाशित मिति : साउन १, २०७९ आइतबार १२:५०:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया