जोरपाटीमा बोरिङ खन्दा निस्कियो ग्यास

काठमाडौंको जोरपाटीमा लेदो माटो र पानीसहितको ग्यास जस्तो पदार्थ निस्किएको छ । मंगलबार बिहान १० बजेदेखि उक्त पदार्थ निरन्तर निस्किरहेको महानगरीय प्रहरी वृत बौद्धले जनाएको छ । 

प्रहरीका अनुसार ग्यास जस्तो पदार्थ तीव्र गतिमा निस्किरहेको छ । यसबारे अध्ययन गर्न प्रहरीले खानी विभागका अधिकारीलाई बोलाएको छ ।

एक स्थानीयको घरमा बोरिङ खन्ने क्रममा माटोको लेदो र पानीसहितको फोहोरा निस्किएको प्रहरीले जनाएको छ । ग्यास जस्तो देखिने उक्त पदार्थ के हो भनेर भन्न नसकिने महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी ढुण्डीराज न्यौपानेले बताए । 

खानी विभाग अहिले सो ठाउँमा अध्ययन गर्न गएको छ ।





  • प्रकाशित मिति : साउन ३, २०७९ मंगलबार १२:४०:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया