logo-img

ललितपुर महानगरले चालू आर्थिक वर्षलाई ‘सुशासन वर्ष’का रुपमा मनाउने

ललितपुर महानगरपालिकाले चालू आर्थिक वर्ष २०७९/०८० लाई ‘सुशासन वर्ष’का रुपमा मनाउने भएको छ । महानगरले बुधबार पत्रकार सम्मेलनमार्फत यस्तो जनाएको हो । 

नगरसभाबाट नीति तथा कार्यक्रम र वार्षिक बजेट पारित गर्दै विभिन्न योजना तर्जुमा गरिएको सम्बन्धमा जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा बोल्दै महानगरपालिका मेयर चिरिबाबु महर्जनले चालू आर्थिक वर्ष सुशासन वर्षको रुपमा मनाइने बताए । 

सुशासन वर्ष महानगरले गर्ने खर्च कटौती गरेर, बेरुजु उल्लेख्य मात्रामा घटाएर, पारदर्शिता प्रवद्र्धन गरेर, वडालाई विकासको केन्द्रको रुपमा विकसित गरेर र कार्यसम्पादन सम्झौता गरेर सुशासन वर्ष मनाउन लागिएको बताउनु भयो । मेयर महर्जनले विपद् व्यवस्थापनमा लगानी वृद्धि गरी दमकल खरिद गर्ने योजना बनाएको उनले बताए । 



उहाँले वारुणयन्त्रको क्षमता अभिवृद्धि गर्ने, विपद्सम्बन्धी सम्पूर्ण जनशक्ति, स्रोत, साधन, सामग्री, सूचना एउटै छातामुनिबाट परिचालन गर्ने, रिङरोडबाहिरका वडाहरूमा फोहर संकलनमा आधुनिक उपकरणको प्रयोग तथा परिचालन गर्ने योजना बनाएको बताए । त्यस्तै, महानगरपालिकाले सबै वडामा सम्भव भएसम्म आधुनिक अपांगमैत्री सार्वजनिक शौचालय निर्माण गर्ने मेयर महर्जनले बताए । 

आधुनिक र प्रविधिको विकास हुँदै गएकाले महानरपालिकाको राजस्व संकलन प्रक्रियालाई अनलाइन सिस्टममा आबद्ध गर्ने बताए । मेडिकल टिम बनाएर प्रत्येक घर–घरमा गएर ज्येष्ठ नागरिकलाई स्वास्थ्य परीक्षण गर्ने गरी ज्येष्ठ नागरिकसँग महानगर कार्यक्रम यो वर्ष पनि निरन्तरता दिने उनले बताए । 

महानगरले शैक्षिक क्रियाकलापलाई एकरुपता ल्याएर कक्षा ३ सम्म नेपाल भाषाको पाठ्यक्रम लागू गरिने उनले बताए । खानेपानी व्यवस्थामा विशेष जोड दिँदै सम्भाव्यता स्थानमा वाटर एटिएमको व्यवस्था गर्ने उनको भनाइ छ । 



महानगरले छिमेकी नगरपालिकाको परियोजनामा सहयोग गर्ने योजना बनाएको मेयर महर्जनले बताए । 
 



  • प्रकाशित मिति : साउन ४, २०७९ बुधबार १७:२७:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया