logo-img

स्पेनलाई हराउँदै इंग्ल्याण्ड युरोकपको सेमिफाइनलमा

घरेलु टोली इंग्ल्याण्ड महिला युरोकपको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति पहिलो क्वार्टरफाइनलको अतिरिक्त समयमा स्पेनमाथि २–१ को रोमाञ्चक जित हात पार्दै इंग्ल्याण्ड सेमिफाइनलमा प्रवेश गरेको हो । 

ब्राइटनस्थित एमेक्स स्टेडियममा भएको निकै प्रतिस्पर्धात्मक खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा स्पेन स्तब्ध हुन पुग्यो । खेलको ५४ औं मिनेटमा एस्तर गोञ्जालेजको गोलमार्फत स्पेनले सुरुवाती अग्रता लिएको थियो । 

८४ औं मिनेटमा एला टुनले इंग्ल्याण्डलाई १–१ को बराबरमा ल्याएपछि खेल अतिरिक्त समयतर्फ धकेलिएको थियो । अतिरिक्त समयको छैटौं (९६ औं) मिनेटमा जर्जिया स्टेनवेले गोल गरेपछि घरेलु टोलीले २–१ को रोमाञ्चक पुनरागमन जित निकाल्यो । 





  • प्रकाशित मिति : साउन ५, २०७९ बिहीबार ७:७:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया