भारतमा राष्ट्रपतिको मत परिणाम आज, मतगणना नहुँदै उत्सवको तयारी

भारतमा राष्ट्रपति निर्वाचनको मतगणना हुँदै छ । जुलाई १८ मा सम्पन्न राष्ट्रपति निर्वाचनको मतगणना आज बिहान ११ बजेबाट हुँदै छ । औपचारिकताका रूपमा हेरिएको राष्ट्रपति निर्वाचनको मतगणना आज ११ बजे सुरु हुनेछ । 

निर्वाचनमा सत्तारुढ लोकतान्त्रिक गठबन्धन (एनडीए) का तर्फबाट आदिवासी सन्थाल महिला दौपदी मुर्मु र विपक्षीका तर्फबाट यशवन्त सिन्हा प्रतिष्प्रर्धामा छन् । मर्मुको निश्चित जस्तो भएकाले मतगणना औपचारिक मात्र भएको भारतीय सञ्चार माध्यम एनडीटीभीले जनाएको छ । दिउँसो चार बजेसम्म मत परिणाम आउने अपेक्षा गरिएको छ । 

भाजपाले द्रौपदी मुमुको विजयको उत्सव मनाउन व्यापक तयारी गरिरहेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले मुर्मुलाई  तिनमूर्ति मार्गमा रहेको उनको अस्थायी आवासमा भेट्ने र चुनावी नतिजा घोषणा भएपछि बधाई दिने बताइएको छ । 

मुर्मुको गृहनगर ओडिसास्थित रायरङपुरका बासिन्दाहरू पनि २०,००० मिठाईहरू तयार पारेर उत्सव मनाउन तयार छन् ।  





  • प्रकाशित मिति : साउन ५, २०७९ बिहीबार ९:५६:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया