logo-img

ललितपुरमा ‘नगर प्रहरी क्विक रेस्पोन्स टिम’का ५ विद्युतीय स्कुटर सञ्चालनमा

ललितपुर महानगरपालिकाको नगर प्रहरी ‘क्विक रेस्पोन्स टिम’ ले ५ वटा विद्युतीय स्कुटर सञ्चालनमा ल्याएको छ । बिहीबार नगर प्रहरीले एक कार्यक्रम आयोजना गरी ५ वटा विद्युतीय बाइक सञ्चालनमा ल्याएको जानकारी गराएको हो ।

महानगरबासीको समस्या तत्काल समाधान गर्ने उद्देश्यले  विद्युतीय स्कुटर सञ्चालनमा ल्याएको जनाएको छ । कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ललितपुर महानगरपालिकाले आगामी दिनमा किन्ने सबै सवारीसाधन विद्युतीय हुने घोषणा गरे । उनले पेट्रोल, डिजेल र मट्टितेलले चल्ने सवारीसाधन नहुने दाबी गरे ।

मेयर महर्जनले ‘क्विक रेस्पोन्स टिम’ लाई यी बाइक महानगरभित्र तत्काल केही समस्या पर्दा सो क्षेत्रमा तत्काल पुग्ने गरेर खरिद गरिएको बताए । उनले सानो कुराले पनि ठूलो परिवर्तन गर्ने र महत्व राख्ने भएकोले सानो काम भएपनि महत्वपूर्ण काम गरेको उल्लेख गरे । 



मेयर महर्जनले महानगरपालिकाले अब अत्याधुनिक दमकल खरिद गर्ने काम भइरहेको बताए । उनले पार्किङ रेखदेख, ट्राफिक जाम, मापदण्डविपरीत राखिएका अनधिकृत विज्ञापन तथा होडिङ बोर्ड हटाउन र कारबाही गर्न स्कुटरसहित टोली परिचालित हुने पनि बताए । 





  • प्रकाशित मिति : साउन ५, २०७९ बिहीबार १२:५५:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया