अस्ट्रियामाथि सहज जित निकाल्दै जर्मनी युरोकपको सेमिफाइनलमा

जर्मनी महिला युरोकपको सेमिफाइनल प्रवेश गरेको छ । उसले गएराति भएको दोस्रो क्वार्टरफाइनलमा अस्ट्रियामाथि २–० को सहज जित निकाल्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

ब्रेन्टफोर्ड कम्युनिटी स्टेडियममा जर्मनीलाई जित दिलाउन लिना मगल र अलेक्जान्ड्रा पोपले एक/एक गोल गरे । खेलको २५ औं मिनेटमा मगलको गोलमार्फत जर्मनीले अग्रता लिएको थियो ।

९० औं मिनेटमा पोपले गोल गर्दै टोलीलनई २–० को सहज जित दिलाइन् ।

जर्मनी समूह ‘बी’ को विजेता तथा अस्ट्रिया समूह ‘ए’ को उपविजेताको रूपमा क्वार्टरफाइनल प्रवेश गरेका थिए ।  





  • प्रकाशित मिति : साउन ६, २०७९ शुक्रबार ७:६:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया