किरणको टोलीलाई धिवेही प्रिमियर लिगको उपाधि

नेपाली राष्ट्रिय फुटबल टोलीका गोलरक्षक किरण चेम्जोङ आबद्ध माजिया स्पोर्ट्स एण्ड रिक्रिएसनले माल्दिभ्सको शीर्ष डिभिजनको धिवेही प्रिमियर लिगको उपाधि जितेको छ ।

गए रातिको खेलमा माजियाले डा ग्राण्डलाई १-० ले पराजित गर्दै दुई खेल बाँकी छँदै उपाधि जित्न सफल भएको हो । माजियालाई जित दिलाउन टाना डोमिंगेजले गरेको गोल नै निर्णायक बन्यो ।

यो जितसँगै माजियाले १९ खेलबाट ५४ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको क्लब इगल्सको ४६ अंक  छ । माजियाले लगातार तेस्रोपटक उपाधि जित्दै ह्याट्रिक गर्न सफल भएको हो । समग्रमा क्लबको यो चौथो लिग उपाधि हो । 

यो माजियाका लागि किरणको पहिलो तथा व्यक्तिगत रुपमा दोस्रो धिवेही लिग उपाधि हो ।  यसअघि उनले सन् २०१८ मा टिसी स्पोर्ट्सबाट लिग उपाधिका साथै उत्कृष्ट गोलरक्षकको अवार्ड  पनि जितेका थिए । 





  • प्रकाशित मिति : साउन ७, २०७९ शनिबार ८:९:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया