कतारमा हुने विश्वकपमा ड्रोनबाट पनि सुरक्षा दिइने

सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप फुटबल प्रतियोगितामा रंगशालामा ड्रोनबाट पनि सुरक्षा प्रदान गरिने भएको छ । आकाशबाट हुनसक्ने आतंकवादी हमला वा अन्य कुनै आक्रमणबाट जोगिन ड्रोनको प्रयोग गरिने कतार सरकारले बताएको छ ।

कतार सरकारले ‘फोर्टेम टेक्नोलोजिज’सँग सहकार्य गरेर विश्वकपको समयमा ड्रोनबाट सुरक्षा दिन लागेको हो । यी ड्रोनहरूले अन्य सम्भावित ड्रोन आक्रमणहरूलाई रोक्नेछन् । खेल भइरहेको समयमा आकाशमा ड्रोनहरूको उपस्थितिले रंगशालामा सुरक्षा प्रत्याभूत गर्ने बिबिसीले जनाएको छ । 

ठूला ड्रोनहरूबाट आक्रमण हुने खण्डमा भने यी स्वचालित ड्रोनहरू आपसमा मिलेर रोक्नेछन् । ठूला ड्रोन आक्रमण रोक्नको लागि यी स्वचालित ड्रोनहरूले जालो पनि प्रयोग गर्नेछन् । साना ड्रोनहरू प्रयोग गरेर रंगशालामा कुनै आक्रमण हुन लागेको खण्डमा यी इन्टरसेप्टर ड्रोनहरूले रोक्ने बताइएको छ ।





  • प्रकाशित मिति : साउन ७, २०७९ शनिबार २१:२८:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया