कोरोनापछि विश्वका लागि चिन्ताको विषय बन्दै मंकीपक्स
फाइल तस्वीर

कोरोना भाइरसपछि अब मंकीपक्स विश्वका लागि चिन्ताको विषय बनेको छ । बेलायत र युरोपबाट सुरु भएको यो संक्रमण अहिले ७५ देशहरूमा फैलिएको छ । अहिलेको अवस्थालाई ध्यानमा राख्दै विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले यसलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डाक्टर टेड्रोस एड्हानम गेहब्रेयससले हालको विश्वव्यापी मंकीपक्सको प्रकोपविरुद्ध स्वास्थ्य आपतकाल घोषणा गरेको बताए ।  

डा. टेड्रोसले भने, ‘एक महिनाअघि मैले आपतकालीन समितिलाई धेरै देशहरूमा फैलिएको मंकीपक्सको प्रकोप स्वास्थ्य आपतकालीन हो कि होइन भनेर मूल्यांकन गर्न बसेको थियो, त्यतिबेला ४७ देशमा ३०४० जनामा सङ्क्रमण देखिएको थियो । तर त्यसयता मंकीपक्सको संक्रमण बढेको र अहिले ७५ देशमा १६ हजारभन्दा बढी संक्रमित र पाँच जनाको मृत्यु भएको छ ।’ 

प्रकोप बढ्दै गएपछि नयाँ तथ्यांकको आधारमा विश्व स्वास्थ्य संगठनले आपतकाल घोषणा गरेको हो । डा. टेड्रोसले भने, ‘सरल शब्दमा भन्नुपर्दा, हामीसँग एउटा प्रकोप छ जुन विश्वभर द्रुत रूपमा फैलिएको छ, नयाँ तरिकामा, र हामीलाई यसको बारेमा धेरै कम थाहा छ। यी सबै कारणहरूका लागि, मैले विश्वव्यापी मंकीपक्स प्रकोप सार्वजनिक स्वास्थ्य आपतकाल हो भनेर निर्धारण गरेको छु ।’

डब्लुएचओले अब मंकीपक्सलाई विश्वव्यापी स्वास्थ्यका लागि ठूलो खतरा मानेको छ र यसको फैलावट रोक्न र महामारीमा परिणत हुन नदिनका लागि अन्तर्राष्ट्रिय प्रतिक्रियाको तत्काल आवश्यकता छ ।

अहिलेसम्म करिब ७५ देशमा १६ हजारभन्दा बढी घटनाहरू रिपोर्ट भइसकेका छन् । एजेन्सीको तथ्यांकअनुसार जुनको अन्त्यदेखि जुलाईको शुरुवातसम्म पुष्टि भएका केसहरूको संख्यामा ७७ प्रतिशतले वृद्धि भएको छ । 



संयुक्त राष्ट्रको स्वास्थ्य एजेन्सीले यस हप्ता भनेको छ, अफ्रिका बाहिर पाइने मोंकीपक्सका ९९ प्रतिशत केसहरू पुरुषसँग सम्बन्धित छन्, जसमध्ये ९८ प्रतिशत पुरुषसँग यौन सम्बन्ध राखेका छन्। तर, यो रोग मंकीपक्सबाट संक्रमित बिरामीसँग नजिकको शारीरिक सम्पर्कमा रहेका जो कोहीलाई पनि लाग्न सक्छ ।



  • प्रकाशित मिति : साउन ८, २०७९ आइतबार १३:४४:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया