एसइईको नतिजा सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा

२०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा भोलि सार्वजनिक गर्ने तयारी भएको छ । परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीका अनुसार नतिजा भोलि सार्वजनिक गर्ने तयारी भएको हो ।

यसपटकको एसइईको मार्कसिटमा सैद्धान्तिक र प्रयोगात्मक परीक्षाको मूल्याङ्कन अलग–अलग गरिने छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यसै वर्षदेखि लागू हुने गरी सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत र प्रयोगात्मकतर्फ  न्यूनतम ४० प्रतिशत ल्याउनै पर्ने व्यवस्था गरेको छ ।

नतिजा सार्वजनिक भएको एक/दुई हप्तामा विद्यार्थीका हातमा लब्धाङ्क पत्र अर्थात मार्कसिट पुग्नेछ । यसअघि सैद्धान्तिक र  प्रयोगात्मक  दुवै तर्फको प्राप्ताङ्कलाई एकीकृत गरी अन्तिम नतिजा प्रकाशन गरिन्थ्यो । एसइई  नतिजालाई परीक्षार्थीको  प्राप्ताङ्कअनुसार आठवटा  ग्रेड  निर्धारण गरिनेछ  ।

परीक्षा नियन्त्रक रायमाझीले नतिजा सार्वजनिक भएको एक महिनाभित्र ग्रेड वृद्धिको परीक्षा सञ्चालन गरिने जानकारी दिए । नेपाल टेलिकमको १६०० नम्बरमा एसएमएस गरेर वा  www.see.gov.np मा गएर आफ्नो सिम्बल नम्बर राखेर पनि नतिजा थाहा पाउन सकिन्छ ।

त्यस्तै, अरू विभिन्न माध्यमबाट पनि नतिजा हेर्न सकिने बोर्डले जनाएको छ ।





  • प्रकाशित मिति : साउन १०, २०७९ मंगलबार ८:४९:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया