समावेशी लोकतान्त्रिक पार्टी परिवर्तन भएर नेसपा भएको हो, तर भट्टराई त्यसमा हुनुहुन्न : आयोग

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई हालसम्म नेपाल समाजवादी पार्टी (नेसपा)मा नरहेको निर्वाचन आयोगले जनाएको छ।

समावेशी लोकतान्त्रिक पार्टी (सलोपा)को नाम परिवर्तन भएर नेसपा भएको पुष्टि गर्दै आयोगले त्यसमा भट्टराईको नाम उल्लेख नभएको जानकारी दिएको हो । आयोग स्रोतले भन्यो– बाबुरामजी जनता समाजवादी पार्टीमै हुनुहुन्छ, बाहिर के हल्ला आयो हामीलाई थाहा छैन । 

गत ०७८ फागुन ५ गते भट्टराईनिकट दीपक लामिछानेको नेतृत्वमा सलोपा दर्ता भएको थियो । सो पार्टीको मागअनुसार आयोगले खुलेको एक आँखा चुनाव चिह्न दिएको थियो।

एक आँखा भट्टराईको पहिलाको पार्टी नयाँ शक्तिको चुनाव चिह्न थियो। पार्टी दर्ता हुनुअघि लामिछाने जनता समाजवादी पार्टीमै थिए । विवाद चर्किंदै गएपछि भट्टराईपत्नी हिसिला यामीको सक्रियतामा लामिछानेको नेतृत्वमा पार्टी दर्ता गरिएको थियो । 
 





  • प्रकाशित मिति : साउन १२, २०७९ बिहीबार २२:२२:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया