माघदेखि बुटवलको बमघाटदेखि बसन्तपुरसम्म केबलकार सञ्चालन हुने

आगामी १ माघदेखि बुटवलको बमघाटदेखि बसन्तपुरसम्म केबलकार सञ्चालनमा आउने भएको छ । 

लुम्बिनी केबलकार प्रा.लि.को शुक्रबार सम्पन्न साधारण सभाले १ माघदेखि लुम्बिनी प्रदेशको बुटवल बमघाटदेखि बसन्तपुरसम्म व्यावसायिक रूपमा केबलकार सञ्चालन गरी एक बराबर एक राइट सेयर दिने निर्णय भएको सञ्चालक समितिका अम्बिकाप्रसाद पौडेलले जानकारी दिए ।

रुपन्देहीको बुटवल उपमहानगरपालिका–३ बमघाटदेखि पाल्पाको तिनाउ गाउँपालिका–३ बसन्तपुरसम्म तीन किलोमिटर दूरीमा केबलकार सञ्चालन गरिने लागेको हो । केबलकार सञ्चालनका लागि वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनका विषयमा सरोकारवाला र स्थानीय जनताबीमा सार्वजनिक सुनुवाइ कार्यक्रमसमेत भइसकेको छ । 





  • प्रकाशित मिति : साउन १३, २०७९ शुक्रबार १३:१३:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया