काठमाडौंका धराप फुटपाथमा जोखिमपूर्ण पैदल यात्रा [फोटो फिचर]

काठमाडौं उपत्यकामा ६० लाख माथि जनसंख्या छ । त्यसमध्ये २० लाख मानिसले आफ्नै सवारीसाधन प्रयोग गर्ने गर्छन् तर ४० लाख मानिसले अझै पनि प्रयोग गर्ने भनेको फुटपाथ नै हो । त्यही फुटपाथ पनि अतिक्रमणको लागि हानथाप हुन्छ । 

दृष्टि भएकाहरूलाई त प्रयोग गर्न कठिन हुने सडक पेटी दृष्टिविहीनका लागि कस्तो होला ? यो मनन योग्य विषय हो । समग्रमा भन्दा काठमाडौं उपत्यकाका सडकपेटीहरु सुरक्षित भई ढुक्कसँग हिँड्न योग्य छैनन् । देशको संघीय राजधानी सहर काठमाडौंमा चिल्ला सडक, सफा  अनि ह्विल चियर र दृष्टिविहीनहरूका लागि आरामले हिँड्न मिल्ने सुविधा सम्पन्न फुटपाथ हुनुपर्ने हो । 

तर संघीय राजधानीको अवस्था त्यस्तो छैन । यहाँका फुटपाथमा पाइला पाइलामा अनगिन्ती अवरोध छन् । खाल्डाखुल्डी,फोहोर र अपूर्ण निर्माण यत्रतत्र भेटिन्छन् । धेरै ठाउँमा फुटपाथ नहुँदा सडकबाटै हिँड्नुपर्ने बाध्यता छ । सडकमा भएका फुटपाथ पनि साँघुरा छन् । तिनै साँघुरा फुटपाथमा बिजुली, इन्टरनेटलगायतका तार झुन्डाइने र पोलदेखि हुलाकका पत्र मञ्जुसा समेत राखिएको देख्न सकिन्छ । 

यी साँघुरा सडकमा रुख रोपेपछि त झनै हिँड्नै मुस्किल भएको छ । फोहोरको उचित व्यवस्थापन नहुँदा सडक गन्धमय बनेको छ, नाक थुनेर पनि हिँड्न नसक्ने अवस्था छ भने ढलको व्यवस्थापन हुन नसक्दा ढल सडकमै ढल बहन्छ । हिँड्दा हिँड्दै ढल ढाकिएको ठाउँ कहाँ नाङ्गो हुन्छ पत्तै हुँदैन । 



त्यस्तै अव्यवस्थित पार्किङले पनि सडक पेटीहरू भरिभराउ हुन्छन्, महानगरले सडक पेटीमा राखिएका सवारी उठाएर त जान्छ तर कहिल्यै पार्किङ स्थलको बारेमा सोच्न सकेको देखिँदैन । कतिपय सडक पेटीमा नै बालुवा, तार गिटी अर्थात् निर्माणका सामग्री छरपस्ट हुन्छन् ।   

 



 

  • प्रकाशित मिति : साउन १४, २०७९ शनिबार ९:३२:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया