राजनीति सजिलो यात्रा होइन​ : माधव नेपाल
फाइल तस्वीर

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजनीतिक यात्रा सजिलो नभएको बताएका छन् ।

शुक्रबार ललितपुरमा स्नेहलता जीवन कथाका पानाहरू जीवन संस्करण पुस्तकको लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले पुराना महिला योद्धालाई राजनीति गर्न धेरै गाह्रो भएको स्मरण गर्दै अहिले पनि राजनीति गर्ने काम सजिलो नभएको बताए ।

अध्यक्ष नेपालले अझै पनि राजनीति सजिलो रूपमा गर्न सम्भव नभएको बताए । उनले राजनीतिमा धेरै चुनौतीको सामना गर्नुपर्ने सुनाए ।

अध्यक्ष नेपालले जनताको सेवा गर्ने, समाज परिर्वतन गर्ने र देशको गरिमालाई माथि उठाउने पुराना योद्धाको आचरण अनुरुपमा राजनीतिक उद्देश्य राख्नुपर्ने भनाइ राखे ।

‘पुराना महिला योद्धाहरुलाई राजनीति गर्न धेरै गाह्रो थियो । राजनीति गर्ने कुरा सजिलो हुँदैन । अहिलेसम्म पनि देखिन्छ । राजनीति सजिलो यात्रा होइन । सजिलो गरी सम्भव छैन । राजनीतिमा धेरै चिजहरूको चुनौती सामान गर्नुपर्छ । तर सबैभन्दा ठूलो कुरा के हो भने राजनीतिकको उद्देश्य जनताको सेवा गर्ने हो,समाज परिवर्तन गर्ने र देशको गरिमालाई माथि उठाउने हो भने त्यही अनुसारको आचरण हुनुपर्छ,' उनले भने ।

अध्यक्ष नेपालले पुराना योद्धाहरूबाट प्रेरणा लिन, सम्मान गर्न र उनीहरुको योगदानको प्रशंशा गर्न सके मात्र इतिहासको कदर गरेको ठहरिने बताए । उनले अहिलेका राजनीतिक नेतृत्वले इतिहासको कदर गर्न सक्यो भने मात्रै भविष्यले वर्तमानको कदर गर्ने उल्लेख गरे ।





  • प्रकाशित मिति : साउन २०, २०७९ शुक्रबार १७:१५:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया