ठूला आयोजना सञ्चालन गर्न आन्तरिक आम्दानीले पुगेन त्यसैले एमसिसी लियौँ : विश्वप्रकाश

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आन्तरिक आम्दानीले मात्र मुलुकमा विकासका ठूला आयोजना सञ्चालन गर्न नसकिने भएकाले वैदेशिक सहयोग लिने क्रममा अमेरिकी आर्थिक सहयोग भित्रिएको बताएका छन् । 

डेमोक्रेटिक लयर्स एसोसिएसन झापाले आइतबार चन्द्रगढीमा आयोजना गरेको ‘मुलुकको समसामयिक परिस्थिति’ विषयक अन्तरक्रियामा बोल्दै महामन्त्री शर्माले यस्तो बताएका हुन् । 

नेपालमा मुलुकमा नीतिगत अस्थिरता सिर्जना हुनुमा सरकार परिवर्तनसँगै विधि र प्रक्रिया फेरिने प्रवृत्ति कारक रहेको उनले बताए । ‘राजनीतिले विधि र प्रक्रिया निर्माण गरिदिने हो,’ उनले भने, ‘सरकार फेरिएसँगै विधि र प्रक्रिया फेरिने प्रवृत्तिले नीतिगत अस्थिरताका कारण विदेशी हस्तक्षेप बढ्ने गरेको छ ।’

नेपाललाई बिजुली बेच्ने देश बनाउन एमसिसी स्वीकार गरिएको दाबी गर्दै उनले मान्छेको श्रम बेचेर पैसा कमाउने देशको पहिचान बदल्न जरुरी रहेको बताए । अमेरिका र चीनको अन्तरद्वन्द्वलाई पक्ष–विपक्ष बनाउन चाहनेले एमसिसीमाथि नकारात्मक भावना भ्रमका रूपमा फैलाइरहेको उनले आरोप लगाए । 

कम्तीमा १५ वर्षे योजना बनाएर काम गर्न सके मात्र मुलुक अर्काको सहयोगमा चल्ने अवस्थाको अन्त्य हुने उनको दाबी छ । राजनीतिज्ञमा सर्वज्ञाता बन्ने प्रवृत्ति रहेका कारण विकास परियोजना अलपत्र पर्ने गरेको उनको भनाइ छ । 





  • प्रकाशित मिति : साउन २२, २०७९ आइतबार २१:५३:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया