जनकपुरधाममा तीन दिनदेखि बेपत्ता युवकको शव फेला, हत्या भएको आशंका
फाइल तस्वीर

जनकपुरधाममा तीन दिनदेखि बेपत्ता रहेका एक युवकको शव फेला परेको छ । जनकपुरधाम उपमहानगरपालिका–७ बस्ने दिलीप साहका १८ वर्षीय छोरा अर्जुन साहको शव फेला परेको हो ।

महोत्तरीको लोहारपट्टी नगरपालिका–८ भगवानपुर चौरस्थित भ्रमरपुराबाट लोहारपट्टी जाने भित्री सडक खण्डमा बाटोको पश्चिम साइडमा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।

घटनास्थलको प्रकृति हेर्दा उनको हत्या भएको हुन सक्ने प्रहरीको आशंका छ । प्रहरीका अनुसार घटनास्थलबाट मट्टीतेल, कपडालगायतका अन्य सरसमान फेला परेका छन् ।

घटनास्थलको मुचुल्का तयार गरी मृतकको शव पोष्टमार्टमका लागि शिव शिक्षण अस्पताल काठमाडौं पठाइएको र घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले बताए ।

अर्जुन तीन दिनअघि आफ्ना ५/६ जना साथीसँग अटो रिक्सामा बसेर पिकनिक गएका थिए ।





  • प्रकाशित मिति : साउन २४, २०७९ मंगलबार १४:५६:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया