धनुषा–३ बाट उम्मेदवार बन्ने जुली महतोको घोषणा
गठबन्धनलाई पछार्दै एमालेले एक्लै निर्वाचन जित्छ : जुली महतो

नेकपा एमालेकी नेतृ जुलीकुमारी महतोले आगामी ४ मंसिर हुने प्रतिनिधिसभा निर्वाचनमा धनुषा क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने घोषणा गरेकी छन् ।

पार्टीको पोलिटब्युरो सदस्यसमेत रहेकी पूर्वमन्त्री महतोले निर्वाचनको मिति घोषणा भएसँगै धनुषा क्षेत्र नम्बर–३ बाट उम्मेदवारी घोषणा गरेकी हुन् ।

बुधबार सञ्चारकर्मीसँगको कुराकानीमा बडो महत्त्वका साथ हेरिएको यस क्षेत्रको अवस्था विगतभन्दा निकै सहज हुने भएपछि आफूले उम्मेदवारी घोषणा गरेको उनले बताइन् ।

उनले आफूलाई चुनाव लड्न व्यापक दवाव आइरहेको बताइन् । उनले भनिन्, ‘मैले उम्मेदवारी घोषणा गरेकी हुँ । गठबन्धनलाई पछार्दै एमालेले एक्लै निर्वाचन जित्छ ।’

उनले प्रतिनिधि तथा प्रदेशसभामा प्रत्यक्ष तर्फबाट ५० प्रतिशत महिलालाई निर्वाचनमा उम्मेदवार बनाउन एमालेलगायत विभिन्न दलसँग आग्रह समेत गरिन् ।

२०७४ को निर्वाचनमा यस क्षेत्रबाट लोसपाका नेता राजेन्द्र महतोले विमलेन्द्र निधिलाई पराजित गरेका थिए ।





  • प्रकाशित मिति : साउन २५, २०७९ बुधबार १६:५०:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया