logo-img

नर्भिकले बनाएको संरचना नहटाउन सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश
फाइल तस्वीर

नर्भिक अस्पतालले सार्वजनिक जग्गामा बनाएको संरचना नहटाउन सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ । 

काठमाडौं महानगरपालिकाले दिएको निर्देशनलाई चुनौती दिँदै नर्भिक अस्पतालले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले यस्तो आदेश दिएको हो ।

नर्भिक अस्पतालले बनाएका संरचना हटाउनु पर्नाको कारण पेश गर्नसमेत प्रतिवादीका नाममा आदेश दिएको छ । काठमाडौं महानगरले सोमबार २४ घण्टाभित्र नक्सा पास नगरी सार्वजनिक जग्गामा बनाएको संरचना हटाउन नर्भिक अस्पताललाई लिखित निर्देशन दिएको थियो ।



संरचना हटाउन सोमबार निर्देशन दिएका मेयर बालेन शाहले मंगलबार नर्भिक अस्पताल पुगेर थप समय दिएर फर्किएका थिए । नर्भिक अस्पतालले भने २० वर्षका लागि सम्झौता गरेको भन्दै संरचना हटाउन नसकी बताएको थियो ।





  • प्रकाशित मिति : साउन २५, २०७९ बुधबार १९:१०:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया