logo-img

चिनियाँ समकक्षीसँग परराष्ट्रमन्त्रीले भने– एक चीन नीतिप्रति नेपाल प्रतिबद्ध छ

परराष्ट्रमन्त्री डा. नारायण खड्काले एक चीन नीतिप्रति नेपाल प्रतिबद्ध रहेको बताएका छन् । चीन भ्रमणमा रहेका उनले आफ्ना समकक्षीलाई भेटेर सो जानकारी गराएका हुन् ।

परराष्ट्रमन्त्री खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीबीच छिङ्दावमा भएको भेटवार्तामा मन्त्री खड्कालले नेपाल प्रतिबद्ध एक चीन नीतिमा रहेको बताएका हुन् । उनले नेपाली भूमिमा चीनविरोधी गतिविधि हुन नदिने प्रतिबद्धता जनाएको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ ।

चिनियाँ विदेशमन्त्री वाङले नेपाल सरकारको प्राथमिकताअनुसार नेपालको विकासमा सहयोग जारी राख्ने बताएका छन् । उनले पनि नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वतन्त्रताको सम्मान गर्ने बताएका छन् । 





  • प्रकाशित मिति : साउन २५, २०७९ बुधबार २२:२:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया