गठबन्धन दलबीच चालू सदनको सिटका आधारमा सहमति हुन्छ : देव गुरुङ

सत्तारुढ गठबन्धनको तालमेलको विषय टुंग्याउन गठित कार्यदलले तालमेलको विषयमा सैद्धान्तिक रुपले सहमतिको नजिक पुगेको बताएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा कार्यदलको बैठक बसेको हो । 

कार्यदल सदस्य तथा नेकपा (माओवादी केन्द्र)का नेता देव गुरुङले तालमेलका लागि सहमतिको मोडालिटी तयार गर्ने काम सकारात्मक रुपले अगाडि बढेको बताए । बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले तालमेलको विभिन्न मोडालिटीको बारेमा छलफल भएको जानकारी दिए । 

चालू सदनमा सांसदहरुको सिटको आधारमा सहमति खोज्ने विषयमा कुराकानी भएको उनले बताए । उनले भने,‘सदनमा उपस्थितिको आकार छ, प्रत्यक्ष र समानुपातिकतर्फ । समानुपातिक तर्फ पनि विगतकालमा आएका सिटहरुकै आधारमा उपस्थिति भएको अवस्था छ । त्यसैको सेरोफेरोमा सहमतिको मोडालिटी खोज्दै जानुपर्छ भन्ने प्रकारको कुराहरु भएको छ ।’

नेता गुरुङले कार्यदलको आगामी बैठक भदौ ३० गते बस्ने जानकारी दिए । 
 





  • प्रकाशित मिति : साउन २६, २०७९ बिहीबार १८:४८:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया