प्रतिभा राणाका दुई कवितासंग्रह विमोचन गर्दै देउवाले भने– सासूआमाले कविता लेख्नुहुन्छ भन्ने थाहै थिएन

प्रधानमन्त्री शेरबहादुर देउवाले साहित्य, कला र संगीत क्षेत्रको विकासमा सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रधानमन्त्री देउवाले साहित्य, कला र संगीत क्षेत्र मुलुकको गहना भएकाले त्यसको विकासका लागि सरकारले विभिन्न प्रतिष्ठानहरुको गठन गरी काम गरिरहेको पनि स्मरण गराए । 

प्रतिभा राणाद्वारा लिखित ‘गहिर्याइ’ र ‘कर्टेन अफ माया’ नामक कविता संग्रहको शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा विमोचन गर्दै उनले पुरुष वर्चस्व रहेको नेपाली साहित्यमा महिला साकित्यकारहरुको उपस्थिति बढ्दै गएकोमा खुसी व्यक्त गर्दै उनीहरुलाई अझै प्रोत्साहित गर्दै लैजानुपर्नेमा जोड दिए । 

प्रधानमन्त्री देउवाले नाताले सासूआमा भए पनि राणाले कविता लेख्नुहुन्छ भन्ने कुरा आफूलाई थाहा नभएको बताए । प्रधानमन्त्री देउवाले राणाका दुवै कवितासंग्रह मानवीय भावनालाई रोचक र कलात्मक ढंगले प्रस्तुत गर्न सफल भएको अनुभूति आफूलाई भएको स्पष्ट पारे । 

कार्यक्रममा राजनीतिज्ञ, कूटनीतिक र समाजसेवीको पहिचान समेत बनाएकी साहित्यकार राणाले आफूले अनुभूति गरेका कामहरुले दुईवटा कविता संग्रहको जन्म गराएको बताइन् । 
 





  • प्रकाशित मिति : साउन २८, २०७९ शनिबार १८:४९:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया