नेपाली साहित्यलाई विश्व साहित्यसँग प्रतिस्पर्धा गर्नसक्ने बनाउन आवश्यक छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले साहित्य, संगीत, कला मुलुकको अमूल्य गहना भएको बताएका छन् । शनिबार पूर्वराजदूत प्रतिभा राणाको नेपाली कविता सङ्ग्रह ‘गहिराइ’ र अङ्ग्रेजी कृति ‘कर्टेन अफ माया’ को विमोचन समरोहमा प्रधानमन्त्री देउवाले साहित्य, सङ्गीत र कलाबिना समाज र देश पूर्ण हुन नसक्ने बताए ।

प्रधानमन्त्री देउवाले नेपाली भाषा, साहित्य, वाङ्मय विगतको तुलनामा समृद्ध हुँदै गएको स्मरण पनि गरे । ‘कथा, कविता, उपन्यास, नियात्रा, समालोचनालगायत सबै विधामा नेपाली भाषाका उत्कृष्ट सिर्जना हुन थालको छ,’ प्रधानमन्त्री देउवाले भने, ‘नेपाली साहित्यलाई थप परिस्कृत र परिमार्जित गर्दै विश्व साहित्यसँग प्रतिस्पर्धा गर्नसक्ने बनाउनु आवश्यक छ ।’

उनले नेपाली साहित्यको विकासमा लाग्न साहित्यकारलाई आग्रह पनि गरे । प्रधानमन्त्री देउवाले मुलुकमा पुरुष साहित्यकारको वर्चस्व रहेको सन्दर्भमा महिला साहित्यकारको उपस्थिति बढ्दै गएकोमा खुसी व्यक्त गरे । उनले नेपाली साहित्यले गहिराइ समेट्न थालेकोमा प्रशंसा पनि गरे । 





  • प्रकाशित मिति : साउन २९, २०७९ आइतबार ८:५:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया