logo-img

चुरे अभियानीकाे तेस्रो चरणको आन्दोलन घोषणा, मुख्यमन्त्रीको पुत्ला जलाउने चेतावनी

चुरे तथा वनजंगलको संरक्षणको माग गर्दै विगत २६ दिनदेखि जनकपुरधाममा रिले अनशनमा बस्दै आएका चुरे तथा वनजंगलको संरक्षण अभियानीले तेस्रो चरणको आन्दोलनको घोषणा गरेको छ । 

चुरे तथा वनजंगलको संरक्षणको माग गर्दै विगतमा विभिन्न प्रकारको दबाबमूलक कार्यक्रमदेखि रिले अनसनदेखि आमरण अनशनसम्म गर्दासमेत चुरेको विनाश नरोकिएको भन्दै अभियानले पुनः आन्दोलनको घोषणा गरेको हो ।

आइतबार जनकपुरधाममा पत्रकार सम्मेलन आयोजना गरी अभियानले आन्दोलनको घोषणा गरेको छ । 



अभियानका राष्ट्रिय संयोजक सुनीलकुमार यादवले विगतमा विभिन्न प्रकारको आन्दोलन तथा जनकपुरधामको जनक चौकमा गरेको रिले अनसन र आमरण अनसनपछि ७ बुँदे सहमति हुँदा पनि माग पुरा नभएको भन्दै पुनः आन्दोलनको घोषणा गरेको बताए । 

विगत २६ दिनदेखि रिले अनसन तथा विभिन्न दवाबमुलक कार्यक्रम गरे पनि संघ सरकार, प्रदेश सरकार र स्थानिय सरकारबाट कुनै पनि सुनवाइ नभएकोले बाध्य भएर तेस्रो चरणको आन्दोलन घोषणा गरेको संयोजक यादवले बताए ।
 
अभियानले भदौ १ गते मधेस प्रदेशका आठवटै जिल्लाका जिल्ला प्रशासन कार्यालय अगाडि १ घण्टा धर्ना दिनुका साथै ज्ञापनपत्र बुझाउने, भदौ २, ५, ६ र ७ गते आठवटै जिल्लाका जिल्ला प्रशासन कार्यालय अगाडि एक घण्टा धर्ना दिने, भदौ ८ गते आठवटै जिल्लाको सदरमुकाममा तीन तहको सरकार विरुद्ध विरोध प्रर्दशन तथा कोण सभा गर्ने, भदौ ९ गते मधेस प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअगाडि मुख्यमन्त्री लालबाबु राउतको पुत्ला दहन गरी उनको कार्यालयमा ताला लगाउनेसम्मका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
 
चुरे तथा वनजंगल संरक्षण अभियानीहरुले डिभिजन वन कार्यालय सिरहाका प्रमुख सुभाष दासले गरेको अनियमितता तथा मारुती सिमेन्ट उद्योगले अतिक्रमण गरेको वनको जग्गा सम्बन्धमा छानबिन गर्न मधेस प्रदेश सरकारले अभियानसँग ०७८ भदौ ४ गते गरेको सम्झौता अविलम्व सार्वजनिक गर्नुपर्ने, तराई मधेसका दलित भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासी भूमि अधिकारबाट वञ्चित रहेकोले उनीहरुलाई तत्कालै गास वास र कपासको व्यवस्था गर्नुपर्ने, स्थानीय सरकारद्वारा उठीबास लगाउने कार्य बन्द गर्नुपर्नेलगायत मागसहित विगतदेखि नै पटक–पटक आन्दोलन गर्दै आएका छन् ।
 
संयोजक यादवले घोषित आन्दोलनको कार्यक्रममा हुने सम्पूर्ण क्षतिको जिम्मेवारी तीन तहको सरकारले लिनुपर्ने समेत बताएका छन् ।





  • प्रकाशित मिति : साउन २९, २०७९ आइतबार १८:१०:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया