काबुलको मस्जिदमा प्रार्थनाको समयमा शक्तिशाली विस्फोट, २० जनाको मृत्यु

अफगानिस्तानको राजधानी काबुलको एउटा मस्जिदमा शक्तिशाली हमला भएको छ । बुधबार सन्ध्याकालिन प्रार्थनाको समयमा भएको उक्त हमलामा २० जनाको मृत्यु भएको अलजजिराले जनाएको छ । 

विस्फोटमा धेरै मानिस घाइते भएका जनाइएको छ । विस्फोटमा धेरै हताहती भएको जनाए पनि प्रहरीले वास्तविक संख्या उल्लेख गरेको छैन । विस्फोटमा ३५ जनाको हताहती भएको एक तालिबान अधिकारीले रोयटर्सलाई बताएका छन् ।

मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ । शक्तिशाली विस्फोटको आवाज उत्तरी काबुलको छिमेकमा सुनिएको थियो ।

विस्फोटबाट नजिकैका भवन भत्किएका छन् ।





  • प्रकाशित मिति : भदौ २, २०७९ बिहीबार ७:११:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया