मानिसबाट कुकुरमा सर्‍यो मंकीपक्स, सचेत हुन डब्लूएचओको अनुरोध

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले मंकीपक्स संक्रमण मानिसबाट कुकुरमा सर्ने पहिलोपटक रिपोर्ट गरेपछि सङ्क्रमित व्यक्तिहरूलाई जनावरसँगको सम्पर्कबाट जोगिन आह्वान गरेको छ । 

गत हप्ता मेडिकल जर्नल द ल्यान्सेटमा मंकीपक्स मानिसबाट कुकुरमा सर्ने पहिलो केस रिपोर्ट गरिएको थियो । फ्रान्सको राजधानी पेरिसमा सँगै बस्ने दुईजना पुरुषबाट र उनीहरूका इटालियन कुकुरमा मंकीपक्स सरेको थियो । 

‘मानवबाट जनावरमा सर्ने यो पहिलो घटना हो ।  हामी विश्वास गर्छौं कुकुरमा मंकीपक्स सङ्क्रमण भएको यो पहिलो घटना हो’, डब्लूएचओका रोजामुन्ड लुइसले भनिन् । 

मानिसबाट जनावरमा मंकीपक्स संक्रमण सरेसँगै डब्लूएचओले सावधानी दर्साउन सबैलाई आग्रहसमेत गरेको छ । 





  • प्रकाशित मिति : भदौ २, २०७९ बिहीबार ११:५७:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया