logo-img

तनहुँमा माछा मार्ने क्रममा करेन्ट लागेर बाबु-छोराको मृत्यु, आमा गम्भीर घाइते

माछा मार्ने क्रममा करेन्ट लाग्दा तनहुँको कोत्रेमा दुईजनाको मृत्यु भएको छ । त्यस्तै, घटनामा एक जना गम्भीर घाइते भएकी छन् । 

मृत्यु हुनेमा बाबु र छोरा हुन् भने घाइते भएकी आमा हुन् । बिहीबार बेलुकी शुक्लागण्डकी नगरपालिका–२ कोत्रेस्थित गुहेखोलामा विद्युतीय तारको प्रयोग गरी माछा मार्न गएका पाल्पा निस्ती गाउँपालिका–५ घर भई हाल शुक्लागण्डकी–२ कोत्रेस्थित बंगुर फार्ममा काम गर्दै आएका २२ वर्षीय चित्रबहादुर ब्याम्बो र उनका ९ महिनाका छोरा आदि ब्याम्बोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।  

प्रहरीका अनुसार दुर्घटनामा चित्रबहादुरकी १९ वर्षीया श्रीमती दिलमाया ब्याम्बो गम्भीर घाइते भएकी छन् । करेन्ट लाग्दा तीनै जना सख्त घाइते भएकोमा बाबु र छोराको उपचारका क्रममा गण्डकी मेडिकल कलेज पोखरामा बिहीबार साँझ साढे ७ बजे मृत्यु भएको हो ।



घाइते दिलमायाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 





  • प्रकाशित मिति : भदौ ३, २०७९ शुक्रबार ७:४२:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया