दीपकराज गिरीको व्यङ्ग्य - लट्ठी जुधाएरै भाँच्यौ भने के टेक्छौ के बजाउँछौ?
फाइल तस्बिर

सामाजिक सञ्जालमा धरानका मेयर हर्क साम्पाङ र काठमाडौंका मेयर बालेन साह बीचमा जुहारी चलिरहेको बेला कलाकार दीपकराज गिरीले सोही विषयलाई लक्षित गर्दै व्यङ्ग्य गरेका छन् । मेयर हर्क साम्पाङले ठट्टा गर्दै ‘जसले जे भनोस् तर म काठमाडौं नगएको भए फोहोर उठ्ने थिएन रैछ । कमसे कम काम त सुरु गरे ।’ भनेर सामाजिक सञ्जालमा लेखेपछि जुहारी सुरु भएको थियो । 

साम्पाङको उक्त पोस्टमा बालेनले ‘हो नी तपाइकै लौरो चुनाव चिन्ह लिएर मैले चुनाव पनि जेतेको हो नी ।’ भनेर कमेन्ट गरेपछि अरू धेरै फेसबुक प्रयोगकर्ताले त्यसैमा कमेन्ट गरेका छन् । दुवै मेयर स्वतन्त्र उम्मेदवारको रूपमा एउटै चुनाव चिन्न लौरोबाट विजयी भएका हुन् ।

धेरैले सरसल्लाह आदान प्रदान गर्दै मिलेर अघि बढ्नु पर्छ भन्ने खालका प्रतिक्रिया दिइरहेका वेला कलाकार गिरीले पनि त्यस्तै किसिमको प्रतिक्रिया पोस्ट गरेका हुन् । 

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘लट्ठी टेक्ने हो !, आपत पर्दा बजाउने पनि हो !!, लट्ठी जुधाएरै भाँच्यौ भने के टेक्छौ के बजाउँछौ ?’ 





  • प्रकाशित मिति : भदौ ३, २०७९ शुक्रबार १३:३०:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया