logo-img

बुन्डेस लिगामा बायर्नकाे फराकिलाे जित

जर्मन बुन्डेस लिगाअन्तर्गत गएरातिकाे खेलमा साविक विजेता बायर्न म्युनिखले जित हात पारेको छ । उसले घरेलु टाेली भिएफएल बोचुमविरुद्ध ७-० काे फराकिलो जित हात पारेको हो ।

बायर्नलाई एकतर्फी जित दिलाउन सादियो मानेले दुई, लोरी साने, म्याथिस डी लिग्ट, किङ्गसले कोम्यान र सेर्जी जिनाब्रीले एक/एक गोल गर्दा एक गाेल आत्मघाती उपहार स्वरूप प्राप्त भयाे ।

भोनोभिया रुहरस्टेडियनमा खेलकाे चौथो मिनेटमा सानेले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । २५ औं मिनेटमा डी लिग्टले पाहुना टाेलीकाे अग्रता दाेब्बर बनाए बनाए ।



३३ औं मिनेटमा कोम्यानले बायर्नका लागि गोल गरे ।  ४२ औं मिनेटमा मानेले गोल गरेपछि पाहुना टाेलीले पहिलो हाफमा ४-० को आरामदायी अग्रता बनायो ।

६० औं मिनेटमा मानेले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो तथा टाेलीका लागि पाँचाैँ गाेल गरे । ६९ औं मिनेटमा क्रिस्टियन गाम्बाेयाले आत्मघाती गोल गर्दा बायर्न ६-० ले अघि बढ्यो ।

 ७६ औं मिनेटमा जिनाब्रीले गोल गर्दै बायर्नलाई ७-० को फराकिलो जित दिलाए ।​ याेसँगै लगातार तेस्रो जित निकालेकाे बायर्न तीन खेलमा ९ अंकका साथ शीर्ष  स्थानमा रहँदा बाेचुम तेस्रो पराजयका साथ विना अंक पुछारमा छ ।





  • प्रकाशित मिति : भदौ ६, २०७९ साेमबार ६:३३:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया