कपिल शर्मा सोको नयाँ सिजनमा हुने छैनन् कृष्णा अभिषेक

भारतीय टेलिभिजन सो ‘द कपिल शर्मा सो’ को नयाँ सिजन दर्शकमाझ आउने तयारीमा छ । नयाँ सिजनको तयारीसँगै कलाकारमा पनि फेरबदल भएको छ । अधिकांश नयाँ कलाकारको उपस्थिति रहने नयाँ सिजनमा कृष्णा अभिषेक भने यसपटक हुने छैनन् ।

कृष्णा अभिषेकले पनि यो कुराको पुष्टि गरेका छन् । ‘सम्झौताको विषयका कारण म नयाँ सोको हिस्सा हुने छैन’, उनले भनेका छन् ।

अर्की कलाकार भारती सिंह पनि नयाँ सिजनमा बढी सक्रिय हुने छैनन् । उनले आफू ‘सारेगामापा लिटिल च्याम्प्स ९’को होस्ट गरिरहेकाले कपिल सामा धेरै समय दिन नसकेको खुलाएकी छन् ।





  • प्रकाशित मिति : भदौ ६, २०७९ साेमबार १७:५२:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया