logo-img

विराटनगरमा युवाहरूबीच भयो ‘ग्याङ फाइट’

मंगलबार साँझ विराटनगरमा युवाको दुई समूहबीच ‘ग्याङ फाइट’ भएको छ । विराटनगर–१२ स्थित मल्हन्वा टोलमा गोपाल राजवंशी र राजकुमार कामतको समूहबीच ग्याङ फाइट भएको हो । 

गत ४ भदौमा विराटनगरमा सम्पन्न राधाकृष्ण रथयात्राका दिन मोटरसाइकलले ठक्कर दिँदा भएको विषयलाई लिएर विवाद हुँदा राजवंशी र कामतको समूहबीच झडप भएको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । 

‘रथ यात्राको दिन मोटरसाइकलले ठोक्किएको रिसिबीका कारण  झडप भएको रहेछ,’ उनले भने,‘अहिले झडपमा घाइते भएका सबै उपचारपछि घर फर्किएका छन् ।’  

झाडपमा स्थानीय ४५ वर्षीय राजकुमार कामत, ३० वर्षिय हरिचन्द्र  कामत, ३३ वर्षिय कालि कामत, २२ वर्षिय दिनेश कामत,  ३० वर्षिय राम शोभित राजवंशी, ३२ वर्षिय जितनारायण राजवंशी, २२ वर्षिय सन्दीप राजवंशी, र २० वर्षिय गणेश राजवंशी घाइते भएका छन् । 

घाइते सबै उपचारपछि घर फर्किएको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए । उनले घटनाको विषयमा अनुसन्धान भइरहेको जानकारी दिए । 





  • प्रकाशित मिति : भदौ ८, २०७९ बुधबार ११:५०:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया