मेयर बालेन केही गरौँ भन्ने हुटहुटी भएका एक मौन विद्रोही हुन् : गोकुल बाँस्कोटा
फाइल तस्वीर

नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले काठमाडौंका मेयर बालेन शाहको प्रशंसा गरेका छन् ।

उनले बालेनलाई 'केही गर्ने हुटहुटी भएको एक मौन विद्रोही' भन्दै प्रशंसा गरेका हुन् । काठमाडौं महानगरभित्र बनाइएका अनाधिकृत संरचना हटाउन बालेनले पहल थालेपछि उनको प्रशंसा भइरहेको छ ।

बुधबार मेयर बालेन सुन्धारा, न्युरोड क्षेत्रको अनधिकृत रूपमा बनाइएका संरचना भत्काउनुका साथै दरबारमार्ग र बबरमहल क्षेत्रमा सम्बन्धित् पक्षको जवाफ मागेका छन् ।

केही दिनअघि उनले नयाँ बानेश्वर क्षेत्रमा पार्किङका लागि बनाइएको स्थानमा राखिएका पसल हटाएका थिए । उनले कानुन सबैलाई बराबर लाग्ने भन्दै सरकारी भवनमा बनेका नक्सा पासबिनाका संरचना भत्काउने समेत बताएका छन् ।

नेता बाँस्कोटाले सत्ता गठबन्धनले कार्यकालको आरम्भमै फोहोरमा राजनीति गरे बालेनको इच्छा शक्तिमा ह्रास ल्याउन खोजेको उनको आरोप छ ।

'मेरो निष्कर्ष सही वा गलत के होला ? अहिले नै किटेर भन्न सक्दिनँ । तर, मेयर बालेन केही गरौँ भन्ने हुटहुटी भएका एक मौन विद्रोही हुन् । सत्ता गठबन्धनले आरम्भमै फोहोरमा पनि गठबन्धन गरेर उनको इच्छा शक्तिमा टाउकैदेखि चिसो पानी खन्याइदियो । सांसदहरूको उपरि संरचना किन ? मैले बुझ्न सकिनँ,' उनले ट्विटरमा लेखेका छन् ।





  • प्रकाशित मिति : भदौ ८, २०७९ बुधबार २०:२३:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया