नेपाल र केन्याबीचको पहिलो टी–२० खेल आज

नेपालले आज घरेलु टाेली केन्याविरुद्ध टी-२० सिरिजअन्तर्गत पहिलाे खेल खेल्दैछ । खेल नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपाली समयअनुसार अपरान्ह पाैने चार बजे सुरु हुनेछ ।

पाँच खेलको टी-२० सिरिका लागि केन्या पुगेको नेपाली टोली आज सुखद सुरुवातको योजनामा हुनेछ । केन्या पनि घरेलु मैदानको फाइदा उठाउँदै नेपाललाई हराउने प्रयासमा छ ।

याे नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरको पहिलो खेल समेत हो । केन्या नेपालका लागि सहज प्रतिद्वन्द्वीसमेत हो । यसअघिका दुई भेटमा नेपालले केन्यालाई हराएको छ ।

यी दुई टोलीले सन् २०१३ पछि एकअर्काकाे सामना गर्दैछन् । त्यतिबेला आइसिसी टी-२० विश्वकप छनाेटअन्तर्गत भएकाे खेलमा नेपाल ६ विकेटले विजयी भएकाे थियाे ।

त्यसअघि, २०१२ मा विश्वकप छनाेटअन्तर्गत नै भएकाे खेल नेपालले ५ विकेटले आफ्नो पक्षमा पारेको थियाे ।





  • प्रकाशित मिति : भदौ ९, २०७९ बिहीबार ७:११:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया