logo-img

मुख्यमन्त्री राउतको पुत्ला दहन गर्ने क्रममा प्रहरी र सुकुम्बासीबीच झडप, १५० जना पक्राउ (तस्बिरहरूसहित)

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको पुत्ला दहन गर्ने क्रममा चुरे तथा वनजंगल संरक्षण अभियानका १५० जना अभियानीलाई प्रहरीले पक्राउ गरेको छ । 
चुरे तथा वनजंगल संरक्षण अभियानको पूर्वनिर्धारित कार्यक्रम अनुसार मुख्यमन्त्रीको कार्यालयमा ताला लगाउन जाँदा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । 

अभियानका प्रदेश संयोजक अमन यादवलगायत अभियानका १५० सदस्यहरूमाथि दमन गरी प्रहरीले पक्राउ गरेको अभियानका राष्ट्रिय संयोजक सुनिल यादवले बताए । लोकतन्त्रमा आफ्नो अधिकारका लागि आवाज उठाउँदा दमन शोषण गरी प्रहरीले नियन्त्रणमा लिनु अशोभनीय रहेको उनको जिकिर छ ।
 
यादवले पक्राउ परेकामध्ये १५ जना पुरुष र बाँकी सबै महिला नै रहेको बताए । उनले केही महिला अभियानीमाथि प्रहरीले लाठीसमेत प्रहार गरेको जानकारी दिए । 

बुधबार उद्योग, पर्यटन तथा वन मन्त्रालयले सिरहाको चोहर्वास्थित मारुती सिमेन्ट उद्योगले सरकारी जमिन कब्जा गरे÷नगरेको विषयमा निष्कर्ष नै ननिकालेको प्रतिवेदन सार्वजनिक गरेको भन्दै उनीहरू असन्तुष्ट बनेका छन् । 



डिभिजन वन कार्यालय सिरहाका प्रमुख सुभाष दासले गरेको अनियमितता तथा मारुती सीमेन्ट उद्योगले अतिक्रमण गरेको वनको जग्गा सम्वन्धमा छानविन गर्न मधेस प्रदेश सरकारले अभियानसँग ०७८ भदौ ४ गते गरेको सम्झौता गरेको थियो । 

चुरे तथा वनजंगल संरक्षण अभियानीहरूले अविलम्व सो सम्झौतासार्वजनिक गर्नुपर्ने, तराई मधेसका दलित भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीहरु भूमि अधिकारबाट वञ्चित रहेकोले उनीहरुलाई तत्कालै गाँस वास र कपासको व्यवस्था गर्नुपर्ने, स्थानीय सरकारले  उठीबास लगाउने कार्य बन्द गर्नुपर्नेलगायत मागसहित विगतदेखि नै पटक–पटक आन्दोलन गर्दै आएका छन् ।उनीहरू निरन्तर ४० दिनदेखि आन्दोनमा छन् । 

 





 

 

  • प्रकाशित मिति : भदौ ९, २०७९ बिहीबार १७:५४:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया