बायर्न म्युनिख र बार्सिलाेना च्याम्पियन्स लिगकाे एउटै समूहमा

यूइएफएले च्याम्पियन्स लिगको समूह चरण विभाजन गरेको छ । टर्कीको इस्तानबुलमा बिहीबार भएको समारोहबाट च्याम्पियन्स लिगकाे नयाँ सिजन २०२२/२३ का लागि समूह विभाजन गरिएको हो ।

युइएफले प्रतियोगितामा सहभागी ३२ टाेलीलाई आठ समूहमा विभाजन गरेकाे छ । घरेलु लिगको प्रदर्शन आधारमा २६ तथा प्लेअफबाट ६ गरी कुल ३२ टोलीले प्रतियोगितामा स्थान बनाएका हुन् । प्रत्येक समूहका शीर्ष दुई टोलीले नकआउट चरणमा स्थान बनाउने छन् ।

सार्वजनिक समूह विभाजनअनुसार  बायर्न म्युनिख र बार्सिलाेना एकै समूहमा परेका छन् । उनीहरू समूह 'सी' मा परेका हुन् । यस समूहमा इन्टर मिलान र  भिक्टोरिया प्लेजन पनि छन् ।

त्यस्तै, चेल्सी र एसी मिलान, म्यानचेस्टर सिटी र बाेरुसिया डर्टमन्ड तथा पिएसजी र युभेन्टस पनि एकै समूहमा परेका छन् । साविक विजेता रियल मड्रिड, आरबी लाइप्जिग, शाख्तर डाेनेक्स र सेल्टिक समूह `एच´ मा छन् ।

यस्ताे छ समूह विभाजन :

समूह `ए´: लिभरपुल, आयाक्स, नापोली, रेन्जर्स



समूह `बी´: एट्लेटिको मड्रिड, पाेर्टाे, बायर लेभरकुसन, क्लब ब्रुज

समूह `सी´: बायर्न म्युनिख, बार्सिलोना, इन्टर मिलान, भिक्टोरिया प्लेजन



समूह `डी´: आइन्ट्राक्ट फ्रान्कफर्ट, टोटेनहम हटस्पर, स्पोर्टिङ सिपी लिस्बन, मार्सेली

समूह `ई´: एसी मिलान, चेल्सी, आरबी साल्जबर्ग, डिनामो जाग्रेब

समूह `एफ´: रियल मड्रिड, आरबी लाइप्जिग, शाख्तार डोनेस्क, सेल्टिक

समूह `जी´: म्यानचेस्टर सिटी, सेभिया, बोरुसिया डर्टमन्ड, कोपनहेगन

समूह `एच´: पेरिस सेन्ट जर्मेन (पिएसजी), युभेन्टस, बेन्फिका, मक्काबी 

  • प्रकाशित मिति : भदौ १०, २०७९ शुक्रबार ६:४२:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया