logo-img

सानेको गोलमा हारबाट जोगियो बायर्न

बुन्डेस लिगामा लिग लिडर बायर्न म्युनिख बराबरीमा रोकिएको छ । गएरातिको खेलमा घरेलु टोली बायर्न  बोरुसिया मोन्चेनगाल्डबाखसँग १–१ को बराबरीमा रोकिएको हो । 

एलियन्ज एरिनामा खेलको ४३ औं मिनेटमा मार्कुस थुरामले गोल गर्दै पाहुना टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । ८३ औं मिनेटमा लोरी सानेले घरेलु टोलीलाई १–१ गोलको बराबरीमा ल्याएउँदै हारबाट जोगाए ।

यो नतिजासँगै चार खेलमा १० अंक जोडेको बायर्न शीर्ष स्थानमा कायम रहँदा मोन्चेनगाल्डबाख समान खेलबाट आठ अंकका साथ छैटौं स्थानमा छ । 







  • प्रकाशित मिति : भदौ १२, २०७९ आइतबार ७:३३:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया