एकीकृत समाजवादी बझाङबाट प्रतिनिधिसभा सदस्यका लागि भानुभक्त जोशी सिफारिस

नेकपा (एकीकृत समाजवादी)ले बझाङबाट प्रतिनिधि सभा सदस्य पदको उम्मेदवारमा पार्टी स्थायी कमिटी सदस्य भानुभक्त जोशीलाई सिफारिस गरेको छ।
जिल्ला कमिटीको विस्तारित बैठकले जोशीको नाम एकल रूपमा सिफारिस गरेको हो।

बैठकले निर्वाचन क्षेत्र प्रदेश सभा (क) मा पार्टीका केन्द्रीय सदस्य तथा बझाङ जिल्ला इन्चार्ज दिल बहादुर सिंह, जिल्ला कमिटी उपाध्यक्ष कलक धामी र प्रदेश कमिटी सदस्य अक्कल धामीको नाम सिफारिस गरेको छ। प्रदेश सभा ९ख० का लागि केन्द्रीय सदस्य तथा जिल्ला सह–इन्चार्ज वीरेन्द्र भण्डारीलाई एकल सिफारिस गरिएको पार्टीले जनाएको छ।

संघको समानुपातिकतर्फ प्रदेश कमिटी सदस्य माया तामाङ र पार्वती जोशीलाई सर्वसम्मत सिफारिस गरिएको छ। यस्तै प्रदेश सभा समानुपातिकतर्फ राष्ट्रिय परिषद सदस्य राधिका रताला, अखिल नेपाल महिला संघकी जिल्ला कमिटी सदस्य अमृता महरा भण्डारी र अखिल नेपाल महिला संघकी जिल्ला कमिटी सदस्य सुनिता बोहराको नाम पठाइएको छ।

बझाङका अध्यक्ष इन्द्र बहादुर भण्डारीको अध्यक्षतामा बसेको बैठकले स्थानीय चुनावको समीक्षा र आगामी मंसिर ४ गते हुने प्रदेश र संघको चुनावको रणनीतिबारे पनि छलफल गरेको बताइएको छ।





  • प्रकाशित मिति : भदौ १३, २०७९ साेमबार २०:१४:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया