logo-img

थप २ सय ५७ जनामा कोभिड संक्रमण पुष्टि

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा थप २ सय ५७ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । 

देशभर १ हजार ४ सय ५८ पिसिआर परीक्षणका क्रममा १ सय ४३ जना र २ हजार ४ सय ६३ एन्टिजेन परीक्षणका क्रममा १ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

कोरोनाका कारण मंगलबार पनि कसैको मृत्यु भएको छैन ।



हाल नेपालमा ३ हजार १ सय ४६ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । 

सो अवधिमा थप २ सय ३२ संक्रमित निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 





  • प्रकाशित मिति : भदौ १४, २०७९ मंगलबार १८:०:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया