logo-img

युएस ओपनमा स्विटेकको विजयी सुरुवात, रेबाकिना पहिलो चरणबाटै बाहिर

विश्व नम्बर एक पोलिस स्टार इगा स्विटेकले युएस ओपन टेनिस प्रतियोगितामा विजयी सुरुवात गरेकी छन् । उनले गएराति पहिलो चरण अन्तर्गतको खेलमा इटालियन खेलाडी जस्मिनी पाओलिनीलाई २–० को सोझो सेटमा हराउँदै विजयी सुरुवात गरेकी हुन् ।

स्विटेकले लुइस आर्मस्ट्रङ स्टेडियमा ६–४ र ६–० ले खेल आफ्नो पक्षमा पारिन् । अब उनले दोस्रो चरणमा अमेरिकी खेलाडी सलोनी स्टेफन्सको सामना गर्नेछिन् ।

स्टेफन्सले बेल्जियमकी ग्रेट मिनेनलाई १–६, ६–३ र ६–३ को सेटमा पराजित गर्दै दोस्रो चरण प्रवेश गरेकी हुन् । त्यस्तै, विम्बल्डन विजेता कजाकिस्तानी खेलाडी एलिना रेबाकिना भने पहिलो चरणबाटै बाहिरिएकी छन् ।



उनी फ्रेन्च खेलाडी क्लारा बुरेलसँग दुवै सेटमा समान ६–४ ले पराजित हुँदै पहिलो चरणबाटै बाहिरिएकी हुन् । 





  • प्रकाशित मिति : भदौ १५, २०७९ बुधबार ७:१४:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया